कर्णाली प्रदेश सरकारकाे प्रवक्तामा विन्दमान विष्ट नियुक्त

कर्णाली अनलाइन ४ फाल्गुन २०७८, बुधबार ११:२६

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्तामा विन्दमान विष्टले जिम्मेवारी पाएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्ट प्रदेश सरकारको प्रवक्ता नियुक्त भएका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी मन्त्री विष्टलाई प्रवक्तामा नियुक्त गरेका हुन् ।

विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन् । कर्णाली प्रदेश सरकारको पहिलो प्रवक्ता विमला केसी थिइन् । सुरूको मन्त्रिपरिषद् गठन गर्दा माओवादी केन्द्रबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी केसीलाई प्रवक्ता बनाइएको थियो। त्यसपछि फेरि पुनःगठन गरिएको मन्त्रिपरिषदमा सीता नेपाली प्रदेश सरकारको प्रवक्ता थिइन् । उनी आन्तरिक मामिला तथा कानुनमन्त्री थिइन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसले जबर्जस्ती एमसिसी अगाडि नबढाओस्:झलनाथ खनाल

४ फाल्गुन २०७८, बुधबार ११:२६
काठमाडौं ।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी अगाडि बढाउन जबर्जस्त नगर्न कांग्रेसलाई चेतावनी दिएका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले एमसिसी सम्झौतामा गम्भीर खालका राष्ट्रिय हितविपरीतका कुराहरू रहेकाले  बल प्रयोग गरेर पास गर्न नमिल्ने बताएका हुन्। नेता खनालले भने, ‘नेपालको हितलाई सर्वोपरी राखेर […]