पूर्वी नेपालमा शुरु भयो सिरुवा पर्व

कर्णाली अनलाइन १ बैशाख २०७९, बिहीबार १३:१९

झापा।पूर्वी नेपालमा बसोबास गर्न आदिवासी समुदायले नयाँ वर्षको अवसरमा मनाउने सिरुवा पर्व आजदेखि धुमधामका साथ मनाउन शुरु गरेका छन् राजवंशी, धिमाल,  ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा मनाउने गर्छन्।

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी बहुल क्षेत्रहरु सिरुवामय बनेका छन्। सिरुवा पर्वका अवसरमा ठाकुरबिसरी, ठाकुरब्रह्माणी, घाटोसरीसहित कूल देवीदेवताको पूजा गर्ने प्रचलन छ।आज नयाँ बर्ष शुरुवातका दिन पानी सिरुवा मनाउने चलन छ भने २ गते काद सिरुवा र ३ गते रंग सिरुवा मनाउने चलन छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुलमान घिसिङसँग माग्यो निर्वाचन आयोगले स्पष्टीकरण

१ बैशाख २०७९, बिहीबार १३:१९
काठमाडौं ।निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो । ‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर […]