काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

कर्णाली अनलाइन ६ माघ २०७८, बिहीबार ०५:५९

काठमाण्डाै । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । बिहान काठमाण्डौको एयरपोर्ट र त्यस आसपास क्षेत्रमा फाट्टफुट्ट पानी परेको छ । अरु ठाउँमा पनि हल्का  पानी  पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

आज र भोलि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

दिउँसोको समयमा घाम देखिए पनि पारिलो घाम नलाग्ने भएकाले चिसो बढ्ने सम्भावना छ ।

यस्तै, आज राति पनि प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा व्यवसायिक शिक्षा र मौलिक सिप सिक्न एकमात्र कुलिनरी द हस्पीटालिटी

६ माघ २०७८, बिहीबार ०५:५९
सुर्खेत।कर्णाली प्रदेशमा व्यवसायिक शिक्षा र मौलिक सिप सिक्नको निमित्त विगत दुई वर्षबाट लगातार सेवादिदैँँ आएको एकमात्र कुलिनरी द हस्पीटालिटीले आफ्नै प्रदेशमा व्यवसायिक शिक्षा र व्यवहारीक सिप सिक्न पाउनु सम्पूर्ण कर्णालीवासीहरुका लागि सुनौलो अवसर भएको छ। शिक्षाआफैमा व्यवहारीक भएन भने त्यस्तो शिक्षाले जिवनमा खास प्रभाव राख्दैँन्न भन्ने मान्यता बोकेको यस कुलिनरी […]