डोजर दुर्घटनाहुँदा सल्यानमा दुई जनाको मृत्यु एक घाइते

कर्णाली अनलाइन ११ बैशाख २०७९, आईतवार ०६:४८

सल्यान।सल्यानमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका वठा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटो कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर शनिबार राति दुर्घटना हुँदा चालक दाङ बबई गाउँपालिका हापुरे ४ घर भएका ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेश्वरी गाउँपालिका १ दमाचौरका अन्दाजी १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

चालक  खत्रीको दुर्घटना स्थलमै मृत्यु भएको हो भने दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक  विकको सल्यान अस्पताल  जिल्ला सल्यानमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

दुर्घटनामा परि घाइते भएका बागचौर नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३० का धन बहादुर वलीको अवस्था भने सामान्य भएको जनाइएको छ। दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेस तिलागुफामा मेयर र उपमेयरमा उपाध्याय र शाहीको उम्मेद्वारी दर्ता

११ बैशाख २०७९, आईतवार ०६:४८
कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसले एकल उम्मेदवारी दर्ता गरेको छ ।आइतवार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शंकरप्रसाद उपाध्यायले मेयरमा र वसन्तिसिंह शाहीले उपमेयरमा आफनो उम्मेद्वारी दर्ता गराएका छन । नेपाली कांग्रेस कालिकोट जिल्ला सदस्य सत्यबहादुर शाहीले तिलागुफामा नेपाली कांग्रेस नगर कार्यसमितिले एकल निर्वाचन लड्ने गरेको निर्णयअनुसार […]