धोनीको कप्तानीमा चेन्नाईको रोमाञ्चक जीत

कर्णाली अनलाइन १९ बैशाख २०७९, सोमबार ०१:२१

एजेन्सी।भारतमा भईरहेको १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले तेस्रो जित हासिल गरेको छ। गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १३ रनले हराउँदै चेन्नईले तेस्रो जित हासिल गरेको हो।

चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि लागि विकेटकिपर निकोलस पूरनले आक्रामक पारी खेले पनि टिमलाई जिताउन भने सकेनन्।

उनले ३३ बलमा ६ छक्का र तीन चौकाको मद्दतमा अविजित ६४ रन बनाए । त्यस्तै, कप्तान केन विलिम्सन ४७, अभिषेक शर्मा ३९, एडन मार्कम १७ र सशांक सिंह १५ रनमा आउट भए । चेन्नईका लागि मुकेश चौधरी चार ओभरमा ४६ रन दिएर सर्वाधिक चार विकेट हात पारे । त्यस्तै, मिचेल सान्टनर र ड्वेन प्रिटोरियसले एकरएक विकेट हात पारे ।

त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनाएको थियो । चेन्नाईका लागि ऋतुराज गायकवाडले ५७ बलमा ६ चौका र ६ छक्कासहित ९९ रन बनाए । त्यस्तै, डेभन कन्वेले ५५ बलमा आठ चौका र दुई छक्काको सहयोगमा अविजित ८५ रनको योगदान दिए ।

कप्तान महेन्द्रसिंह धोनी आठमा आउट हुँदा रवीन्द्र जडेजा एक रनमा अविजित रहे । हैदराबादका लागि टी नटराजनले मात्र दुई विकेट लिन सके । हारका बाबजुद पनि हैदराबाद अंक तालिकाको चौथो स्थानमा यथावत रहेको छ । चेन्नई ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ । शीर्षमा भने गुजरात टाइटन्स छ । उसले ९ म्याचमा १६ अंक जोडिसकेको छ ।चेन्नाईले ९ खेल खेल्दा ६ खेलमा भने हार व्यहोरेको छ। यता चेन्नाई सुपरकिंगसँग हारेको हैदराबादको दोस्रो तथा समग्रमा चौथो हार हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवनियुक्त आइजीपी सिंह र अर्यालले लगाए दर्ज्यानी चिन्ह

१९ बैशाख २०७९, सोमबार ०१:२१
काठमाडौँ ।नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिह्न लगाएका छन् ।नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले आज दर्ज्यान चिन्ह लगाएका हुन्। गृहमन्त्रालयले आज सोमबार बिहान महानिरीक्षक सिंह र अर्याललाई दर्ज्यान चिन्ह प्रदान गरेको हो। उनीहरुलाई गृहमन्त्रालयका सचिव […]