काठमाडौँ ।नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् ।६७ केजी समूहमा प्रतिस्पर्धा गरिरहेका सनिलले इराकका अल–ओहाइदीसँगको प्रतिस्पर्धामा वाकओभरमा जित हाँसिल गरेका हुन् ।
सनिलले आउँदो बिहीबार आयोजक देश सर्बियाका अब्बासोभ भाखिदसँग प्रतिस्पर्धा गर्ने छन् ।सनिलले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए । बक्सिङको विश्व च्याम्पियनसिप मंगलबारदेखि सर्बियामा सुरु भएको हो ।

