एमालेले बागी उम्मेदवार बनेका १५ कार्यकर्ता निष्कासन गर्‍यो

कर्णाली अनलाइन १९ बैशाख २०७९, सोमबार ०९:३४

काठमाडौँ।नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ।पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको जनाएको छ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यहरुलाई आजका मितिदेखि नै लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरेर सबै जिम्मेवारीबाट निस्कासन गरिएको उल्लेख गरिएको छ।

देवदह नगरपालिका वडा नम्बर १ का हरिबहादुर तामाङ, देवदह ५ का तोलराज बिक, देवदह ७ का पदम थापा, ओमसतिया २ का इन्द्रजीत यादव, ओमसतिया ४ का बेचुराम जयसवाल र रामशंकर चाई रहेका छन्।

त्यस्तै रोहिणी १ का अनिता हरिजन, रोहिणी २ का कान्छा कोहार, रोहिणी ४ का नन्दकिशोर कुर्मी, रोहिणी ५ का पशुपतिनाथ यादव र बुटवल १६ की बबिता आचार्य रहेका छन्।

त्यसैगरी सियारी ४ का श्रीप्रसाद श्रेष्ठ, गैंडहवा ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा ६ का हरि पाण्डे र तिलोत्तमा ५ का हरि पौडेललाई पार्टीबाट निस्कासन गरिएको एमालेले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भोलि (मंगलवार) सार्वजनिक बिदा

१९ बैशाख २०७९, सोमबार ०९:३४
काठमाडौँ। सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इदका अवसरमा मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल मुस्लिम आयोगले बिदाका लागी सिफारिस गरेको थियो।