इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो ‘फाइनालिज्मा’ च्याम्पियन

कर्णाली अनलाइन १९ जेष्ठ २०७९, बिहीबार ०१:१८

काठमाडौँ।युरो २०२० च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन बनेको छ।गएराति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउँन लौटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक–एक गोल गरे।खेलमा सुरुवातदेखि नै पकड बनाएको अर्जेन्टिनाले २८औँ मिनेटमा मार्टिनेजले गरेको गोलबाट अग्रता लिएको थियो।

मार्टिनेजले कप्तान लियोनल मेसीको क्रसमा ‘फर्स्ट टच’ गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे।मार्टिनेजले निकालेको ‘थ्रू’ बलमा डी मारियाले उत्कृष्ट ‘फर्स्ट टच’ गोल गरेका थिए।यस्तै, खेलको इन्जुरी समयमा डिबालाले टिमका लागि तेस्रो गोल गरे। ९०औँ मिनेटमा मैदान प्रवेश गरेका डिबालाले मेसीको पासमा गोल गरेका थिए।

इटालीविरुद्धको जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेल पुर्याएको छ। अर्जेन्टिना पछिल्लो तीन वर्षअघि ब्राजिलसँग पराजित भएको थियो।खेलका लागि सन् २०२० को फेब्रअरी १२ मा युइएफए र कन्मेबोलबीच सहमति भएको थियो।यस्तै, २०२२ को मार्चमा युइएफएले यो खेल वेम्बली रंगशालामा हुने र प्रतियोगिताको नाम ‘कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप’ हुने जनाएको थियो।

यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १०९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो। जसको उपाधि तत्कालीन कोपा विजेता अर्जेन्टिनाले जितेको थियो।त्यसअघि सन् १९८५ मा युरो विजेता र कोपा विजेताबीच पहिलो पटक कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप खेलेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना हुन्छ - मन्त्री श्रेष्ठ

१९ जेष्ठ २०७९, बिहीबार ०१:१८
काठमाडौं । सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् । मन्त्री श्रेष्ठका अनुसार काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन […]