नागरिकतामा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने १४ जना कारवाहीमा

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार १२:२९

बैतडीजिल्लामा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ। आफैँले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्।उनीहरु १४ जनालाई कारवाही र जरिवाना हुने भएको छ।

सामाजिक सुरक्षा भत्ता लिएको गुनासो आएपछि सोधपुछ तथा प्रशासनमा रहेको विवरण हेर्दा डिलाशैनी गाउँपालिकाका १३ र दोगडाकेदार गाउँपालिकाका १ जनाको नागरिकता केरमेट गरेको पाइएको हो।

वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ता लिने गरेको  खुल्न आएको हो।

कुनैको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र कुनैको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

उनले भने, ‘केरमेट गरेको पाइएपछि किन सच्याइएकाे रहेछ भनेर हेर्दा जन्ममिति बढाएकाे र सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो।’

यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकाहरुलाई अहिलेसम्म लिएको रकमको दोब्बर असुलउपर गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए।

यस्तै, नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐन अन्तर्गत थप कारवाही हुने जनाइएको छ।  उनले भने, ‘सच्याएर भत्ता लिनेहरूले अहिलेसम्म लिएको रकमको दोब्बर जरिवाना तिर्नुका साथै नागरिकता ऐन अन्तर्गत कारवाही हुन्छ।’

यसरी नागरिकता केरमेट गर्नेहरुको नामावली भर्ने सार्वजनिक गरिएको छैन। उनीहरुलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारवाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मैले गीत गाउन जानेको भए अहिले धुम मच्चाइदिन्थेँ : अध्यक्ष ओली

२८ जेष्ठ २०७९, शनिबार १२:२९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गीत गाउन जानेको भए अहिले तहल्का मच्चाउने दाबी गरेका छन्। काठमाडौंमा आयोजित कलाकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दु:ख लाग्छ सबैलाई गीत गाउने गला प्रकृतिले दिने मलाई चाहिँ किन प्रकृतिले ठग्यो? सबैलाई गलो दिएको छ। सबैले गाउन जानेका छन्। मैलै मात्र […]