सल्यानमा जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

कर्णाली अनलाइन १४ कार्तिक २०७९, सोमबार २०:३७

सल्यान। सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-३ को अन्दाजी २० वर्षको रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो।

विवाह गर्ने प्रलोभन देखाई कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका-१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाएर भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कुटपिटबाट घाइते भई बेहोस भएकी किशोरीको नेपालगञ्जमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। अभियुक्त बुढालाई सल्यान जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मङ्गलबार एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै

१४ कार्तिक २०७९, सोमबार २०:३७
काठमाडौँ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्न लागिएको हो। उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही […]