सुर्खेत। पाँचौँ जिल्ला सम्मेलनको अवसरमा भुमिअधिकार मञ्च नेपाल जिल्ला शाखा सुर्खेतद्धारा वीरेन्द्रनगरमा बृहत र्याली गरेको छ। “सामाजिक न्याय र समुन्नतिका लागि भुमिअधिकार” भन्ने मुल नाराका साथ यही मंसिर २४ र २५ गते दुई दिन सुर्खेतको वीरेन्द्रनगरमा बृहत सम्मेलन गर्ने जिल्ला भुमि अधिकार मञ्च सुर्खेतका अध्यक्षले जानकारी दिए।

