जनगणना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

कर्णाली अनलाइन ८ कार्तिक २०७८, सोमबार ०६:५४

सुर्खेत। सुर्खेतमा आइतबार राष्ट्रिय जनगणना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आगामी २५ गतेदेखि सुरु हुने राष्ट्रिय जनगणनालाई मध्यनजर गर्दै केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा यूएनएपी नेपाल तथा युकेएडको सहयोगमा मिडिया एक्सन नेपालले गोष्ठीको आयोजना गरेको हो । गोष्ठीमा जनगणनाको समाचारको रिपोर्ट कसरी गर्ने, ध्यान दिनुपर्ने विषयहरुका वारेमा प्रशिक्षण दिइएको छ । आउँदो कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म देशभर एकैसाथ राष्ट्रिय जनगणना हुँदैछ ।

जनगणना महत्वपूर्ण सदस्तावेज भएका कारण यस विषयमा सञ्चारकर्मीहरुलाई रिपोर्टिङमा सहजहोस् भन्ने उद्दश्येल कार्यक्रमको आयोजना गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्षमणदत्त पन्तले जानकारी दिए । उनले जनगणना सम्बन्धीका हरेक मुद्दालाई सञ्चार माध्यममा ल्याउनुपर्ने र राज्य निगरानी बढाउन सुझाव दिए ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा.हेमराज रेग्मीले यसअघिकोभन्दा आउँदो जनगणनामा विविधता रहेको कुनै पनि नागरिक नछुट्न र गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन सुझाव दिए । संघीयतापछि पहिलो पटक हुन लागेको राष्ट्रिय जनगणनामा नागरिकको संख्यासहित आर्थिक, सामाजिक, शैक्षिक जस्ता विविध विषयबस्तुहरुको पनि तथ्याङ्क लिइने छ । जनगणनाकै तथ्याङ्कलाई आधार मानेर सरकारले नीति नियम तथा योजना तर्जुमा गर्ने भएका कारण गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले जनगणना जस्तो संवेदनशील क्षेत्रमा प्रारम्भीक ज्ञान आवश्यक रहेको बताए । गोष्ठीले सञ्चारकर्मीलाई महत्वपूर्ण ज्ञान दिएको बताए । त्यस्तै जनगणना कार्यालयका प्रमुख पोम नारायण पौडेलले जनगणनाको राष्ट्रिय अभियानलाई सफल बनाउन हरेक नागरिकले गणकलाईसही तथ्याङ्क उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा दत्त, रेग्मी, पौडलसहित तथ्यांकशास्ती सहनलक्ष्मी ताम्राकार र मिडियाविज्ञ कल्पना आचार्यले तथ्यांकको महत्व, जनगणनाको आवश्यकता, जनगणना जागरुकता निर्माणमा संचारमाध्यमहरुको भूमिका, जनगणनासम्वन्धी भ्रामक सूचना पहिचान तथा नियन्त्रणका विषयमा सेसनगत प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुर्खेतका करिव २५ जना पत्रकारहरुको सहभागिता थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँचथरमा बस दुर्घटना, १० जनाको अवस्था चिन्ताजनक

८ कार्तिक २०७८, सोमबार ०६:५४
झापा।पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा ५४ जना यात्रु घाइते भएका छन्।घाइतेमध्ये १० को अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनीहरूको पाँचथरको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको प्रहरीले जनाएको छ। पाँचथरको फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाको बिर्तामोडका लागि छुटेको बस दुर्घटना भएको हो। को […]