सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा

कर्णाली अनलाइन ११ चैत्र २०७९, शनिबार ०९:१९
साकेतिक फोटो
साकेतिक फोटो

सुर्खेत। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँमा शनिबार बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो पनि यी दुई प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। साथै पहाडी भू–भागमा हावाहुरीसहित वर्षाको अनुमान गरिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेनाले सगरमाथासहित ४ हिमाल सफा गर्दै

११ चैत्र २०७९, शनिबार ०९:१९
काठमाडौं।नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ। सफाइ अभियानमा सहभागी हुने टोलीलाई आज विदाइ गरिदै छ। प्रमुख सेनानी, सेनानीसहित अन्य सहयोगीहरुसहितको ३ वटा टोलीलाई दिउँसो २ बजे विदाइ गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे […]

सम्बन्धित शीर्षक