कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदै

कर्णाली अनलाइन १ असार २०८०, शुक्रबार १२:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (असार १ गते) बजेट सार्वजनिक गर्दै छन्। आर्थिक वर्ष सुरु हुनु १ महिनाअघि बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार प्रदेश सरकारले बजेट ल्यान लागेको हो।

कर्णाली प्रदेश सरकारले गत वर्षको भन्दा केही मात्रामा बजेट बढाएर ल्याउने तयारी थालेको छ।कर्णाली सरकारले गत वर्ष ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो। यस पट्क प्रदेश सरकारले त्यो भन्दा केही बढाएर बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

संघीय अनुदान पनि यो पटक बढेर आएकाले कर्णालीको बजेटको आकार पनि थोरै बढ्ने भएको हो।आज कर्णाली प्रदेशसँगै बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशले बजेट सार्वजनिक गर्दैछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिमकोटबाट हिल्सा जाँदै गरेको जिप दुर्घटना हुदा चालकको मृत्यु

१ असार २०८०, शुक्रबार १२:४१
सुर्खेत ।  सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ । हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२६ नम्बरको बलेरो जिप सोमबार बिहान च्याछहरा भिरबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान ५ बजे सिमकोटबाट हिल्साका […]