सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

कर्णाली अनलाइन १५ पुष २०७८, बिहीबार ०४:४७

बैतडी।बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार ४.६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो।भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आज बाँकी समूहले सुझाव दिँदै

१५ पुष २०७८, बिहीबार ०४:४७
काठमाडौँँ। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् ।काठमाडौँँ को कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा भइरहेको बन्द सत्रमा हिजो ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएका हुन् । आज बाँकी १४ समूहले निष्कर्ष सुनाउने छन् । […]