मेचीनगरस्थित एसएस फुटवेयरमा बिहीबार आगलागीराहुदा साढे आठ करोडको क्षति

कर्णाली अनलाइन २१ माघ २०७८, शुक्रबार ०६:१६

झापा । मेचीनगरस्थित एक जुत्ता उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब रु आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन झापा, मोरङसहित भारतबाट समेत गरी ११ वटा बारुणयन्त्र परिचालन गरिएको प्रवक्ता पाठकले बताए । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उल्लेख्य सहयोग गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिँउले सेताम्य गुराँसे (फाटो फिचर)

२१ माघ २०७८, शुक्रबार ०६:१६
सुर्खेत। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा सगैँ हिँमपात भइरहेको छ।मौसममा आएको परिवर्तनसँगै यतिबेला दैलेखको गुराँस गाउँपालिकाका र सुर्खेत जिल्लाको वीरेन्द्रनगर अन्र्तगत रातानाङ्लामा हिँउ परिरहेको छ। तस्बिर सौजन्य – नविन विसी