इलाममा विद्यार्थी बोकेको बस दुर्घटना, ३७ जना घाइते

कर्णाली अनलाइन ३ मंसिर २०८०, आईतवार २३:०२

काठमाडौँ। इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । आज आइतवार भएकाे दुर्घटनामा गाडीमा रहेका ३७ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी नजिकका अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) वासुदेव खतिवडाले बताउनुभयो ।

धनुषाको धारापानीबाट इलाम घुम्न गएको विद्यार्थीको टोली दुर्घटनामा परेको हो । ना ६ ख ८४२४ नम्बरको विद्यार्थी बोकेको बस कन्यामबाट धनुषा फर्कने क्रममा मेची राजमार्गमा पर्ने इलामको लसुनेमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना घाइतेको अवस्था गम्भीर

३ मंसिर २०८०, आईतवार २३:०२
सुर्खेत। रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । […]