अमेरिकाले युद्धका कारण ५० लाख मानिस विस्थापित हुने अनुमान, एउटा टापुमा रुसको कब्जा

कर्णाली अनलाइन १३ फाल्गुन २०७८, शुक्रबार ०८:४७

रुसले युक्रेनको एउटा टापुमा कब्जा जमाएको छ ।रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमामा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको हो ।

यस्तै, रुसी सेनाको आक्रमण पछि युक्रेनमा रहेकाहरु सुरक्षित ठाउँतर्फ भाग्न थालेका छन् ।संयुक्त राष्ट्र सङ्घका अनुसार हिजो मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् । त्यसमध्ये धेरैजसो आन्तरिक रूपमा विस्थापित भएका छन् ।

पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधि दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्र स्थापना गरेको छ ।कतिपय युक्रेनी नागरिक रोमानिया र हङ्गेरी पुगेका छन् । अमेरिकाले युद्धका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

१३ फाल्गुन २०७८, शुक्रबार ०८:४७
काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो । उहाँका अनुसार वीरअस्पताल, शहीद […]

सम्बन्धित शीर्षक