आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै कोलकाता शीर्ष स्थानमा

कर्णाली अनलाइन २४ चैत्र २०७८, बिहीबार ०१:५२

काठमाडौँ।इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ ।पुणेमा गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई ५ विकेटले हरायो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । कोलकताका पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय पारी खेले ।

कुमिन्सले अविजित ५६ रन र भेन्काटेसले ५० रन जोडे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुई/दुई विकेट लिए । ड्यानियल साम्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

मुम्बईका सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय पारी खेले । कोलकाताका पाट कुमिन्सले दुई तथा उमेश यादव र वरुण चक्रवर्तीले एक/एक विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकाताको ४ खेलमा ६ अङ्क भएको छ । मुम्बईको यो लगातार तेस्रो हार हो । मुम्बईले अङ्क जोड्न सकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युक्रेन युद्ध: उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी

२४ चैत्र २०७८, बिहीबार ०१:५२
एजेन्सी।रुसी सेनाले युक्रेनकाे उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन्। उसले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ।‘रुसी सेनाले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ। रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी […]