इण्डियन प्रिमियर लिग:कोलकाताले राजस्थानलाई हरायो

कर्णाली अनलाइन २० बैशाख २०७९, मंगलवार ०१:४२

काठमाडौं। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गरेको छ। गएराति वाङ्खडे स्टेडियम मुम्बइमा राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि नितिस रानाले अविजित ४८ र रिन्कु सिंहले अविजित ४२ रन जोडे। कप्तान श्रेयस एय्यरले ३४ रन जोडे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो।  उसका कप्तान सन्जु स्याम्सनले सर्वाधिक ५४ रन बनाए। सिम्रन हेटमायरले नटआउट २७, जोस बट्लरले २२ र रियान परागले १९ रन जोडे।जितसँगै कोलकाताले १० खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ भने राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिप दुर्घटना ज्यान गुमाउनेहरूकाे खुल्याे पहिचान

२० बैशाख २०७९, मंगलवार ०१:४२
गोरखा।जिप दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका-१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका-१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले […]