टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार १३:११

लमजुङ । लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ ।मध्यनेपालस्थित भोर्लेटारबाट आइतबार  दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनले भने, ‘मध्यपहाडी लोकमार्गको उक्त टिपर सोही मार्ग निर्माणका लागि ढुङ्गा लोड गरेर ल्याउने क्रममा बाटो साँघुरोका कारण सडकबाट ३० मिटर तल खसेको छ ।’धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेको मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीन जनाको सोही टिपरले च्यापिएर मृत्यु भएको छ । यतिबेला उनीहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । सबै जना सोही मार्गमा काम गर्ने मजदुर रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई वर्षभित्र सबै स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिने, १ अर्ब ४२ करोड बजेट विनियोजन

१५ जेष्ठ २०७९, आईतवार १३:११
काठमाडौँ।सरकारले आगामी आर्थिक वर्ष ७० स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्न १ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त बजेट विनियोजन गरेको हो ।सरकारले आगामी दुई वर्ष भित्र सबै स्थानीय तहको आफ्नै प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।