कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार ०१:३०

सुर्खेत। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९\०८० को नीति तथा कार्यक्रम पारित भएको छ। दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार बहुमतले पारित भएको हो।

प्रदेशसभाको १०औँ अधिवेशनको ११औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेस गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए। प्रदेशसभा सदस्यले उठाएका जवाफ मुख्यमन्त्री जीवनबहादुर शाहीले दिए।

प्रदेशसभा सदस्यले दिएको जवाफ दिँदै मुख्यमन्त्री शाही अघिल्लो सरकारले गरेका कामको चर्को आलोचना गरे। नयाँ आर्थिक वर्षका लागि पुरानै कार्यक्रम राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भक्तपुरको केन्द्रबिन्दु बनाएर ४.७ म्याग्रिच्युडको भूकम्प

२८ जेष्ठ २०७९, शनिबार ०१:३०
काठमाडौँ।शनिवार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्टिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्रिच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तिनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुुस गरिएको छ।