सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले सार्वजनिक गरेको कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेटमा भौतिक मन्त्रालयको कुल बजेट १० अर्ब रहेको छ । यो कुल बजेटको ३३ दशमलव ४८ प्रतिशत बजेट हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय १ अर्ब ७७ करोड (५.४४ प्रतिशत),आर्थिक मामिला तथा योजना मन्त्रालय १ अर्ब ३८ करोड (४.२२ प्रतिशत),आन्तरिक मामिला तथा कानून मन्त्रालय २९ करोड ६८ लाख (०.९१ प्रतिशत)बजेट रहेको छ ।