अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई ५ वर्षको जेल सजाय !

कर्णाली अनलाइन ११ भाद्र २०७९, शनिबार २१:५९

काठमाडौं।अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ। अमेरिकाको संघीय अनुसन्धान ब्यूरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्तावेजहरु राखेको पाइएको बताएको हो।

यसले अमेरिकी गोपनियता सम्बन्धी कानून उल्लंघन गरेको एफबीआइको आरोप छ। एफबीआइ अधिकारीका अनुसार ट्रम्पको घरमा १४–१५ बाकसमा सरकारी दस्तावेजहरु राखिएको पाइएको छ। जसमध्ये २५ दस्ताबेज निकै महत्वपूर्ण र अति गोप्य छन्।

यी दस्ताबेजहरुलाई पुराना अखबार तथा म्यागेजिनमा लुकाएर राखेको पाइएको छ। यसअघि ट्रम्पको फ्लोरिडामा रहेको घरमा पनि प्रहरीले छापा मारेको थियो।

ट्रम्पले गोप्य दस्ताबेज राखेको आरोपमा उनलाई ५ वर्षसम्मको कैद सजाय हुन सक्ने वकिलहरूले बताएका छन्। यसरी दस्ताबेज घरमा राख्नु संघीय कानूनको उल्लंघन भएको र यो माफी योग्य घटना नभएको जानकारहरुको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस वर्षको मदन पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिने

११ भाद्र २०७९, शनिबार २१:५९
काठमाडौँ। यस वर्षको मदन पुरस्कार अग्रि महाकाव्यका लेखक डा.नवराज लम्साललाई प्रदान गरिने भएको छ ।मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको साधारण सभाबाट लम्सालद्धारा लिखित अग्रि लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए। यसै गरी यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित उदय का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान […]