गोरखा जीप दुर्घटना अपडेट: खुल्यो मृतकको पहिचान

कर्णाली अनलाइन ८ असार २०८०, शुक्रबार १०:५५

सुर्खेत।गोरखासहिद लखन गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्।

दुर्घटनामा परी सहिद लखन गाउँपालिका- ५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन- ४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा रहेका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन्। उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डिएसपी लामिछानेले बताए। उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ। अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ।

सहिद लखन गाउँपालिका- ३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन- ५ ताक्लुङ फर्किँदै गरेको ०१- ०२३ च ४४२७ नम्बरको जीप गए राति दुर्घटनामा परेको हो।

घट्ना लगत्तै डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो। जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुराँस गाउँपालिकाले गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन

८ असार २०८०, शुक्रबार १०:५५
दैलेख । जिल्लाको गुराँस गाउँपालिकाले गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम लागु गरेको छ। पालिकाले बुधबारदेखि “आमाको गर्भ सुरक्षित हुदा एउटा युग सुरक्षित हुन्छ ।” भन्ने नाराका साथ ‘उपाध्यक्षसँग गर्भवती कार्यक्रम’ अन्तरगत पोषिलो खाना, निःशूल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम तथा सामाग्री वितरण कार्यक्रमको लागु गरेको हो। पालिका भित्र रहेका गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म […]

सम्बन्धित शीर्षक