प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधनपछि नर्भिक अस्पताल पुगे रवि लामिछाने

कर्णाली अनलाइन २७ असार २०८०, बुधबार १०:५०


काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि नर्भिक अस्पतालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेका छन् । सीताको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नर्भिक अस्पताल पुगेका छन् ।

उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाहालको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त

२७ असार २०८०, बुधबार १०:५०
काठमाडौं।सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीताको निधनको खबरले स्तब्ध भएको बताएका छन्। बुधबार शोक वक्तव्य जारी गरी घिमिरेले स्व.दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। सभामुख घिमिरेले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।