
काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ।नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन्।
भैरहवा र पोखरा अन्ताराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशविन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमति भए यो क्षेत्रको पर्यटन, उद्योग तथा व्यापारमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ। प्रधानमन्त्री शाह आज राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।

