यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर

कर्णाली अनलाइन १२ मंसिर २०८३, शनिबार ०८:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा, बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४० पैसा, बिक्रीदर ११४ रुपैयाँ ८७ पैसा र चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३१ पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैया ३४ पैसा, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपकार लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा विमल खनाल नियुक्त

१२ मंसिर २०८३, शनिबार ०८:४५
सुर्खेत।। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् । संस्थाको हिजो १० गते बसेको सञ्चालक समितिको ११८औँ बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी संस्थामै कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । सीईओमा नियुक्त भएसँगै खनालले संस्थाको […]