उपकार लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा विमल खनाल नियुक्त

कर्णाली अनलाइन १२ मंसिर २०८३, शनिबार ०९:५९

सुर्खेत।। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् ।
संस्थाको हिजो १० गते बसेको सञ्चालक समितिको ११८औँ बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी संस्थामै कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

सीईओमा नियुक्त भएसँगै खनालले संस्थाको समग्र व्यवस्थापन तथा आगामी व्यावसायिक योजनाको नेतृत्व गर्नेछन् ।उनको नेतृत्वमा संस्थाको वित्तीय व्यवस्थापन र सेवा विस्तारले थप गति लिने अपेक्षा गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने शान्ति प्रयास अभ्यास

१२ मंसिर २०८३, शनिबार ०९:५९
काठमाडौं।नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ। अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू यही मङ्सिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको […]