इन्डोनेसिया ज्वालामुखी विस्फोट : मर्नेको संख्या १३ पुग्यो

कर्णाली अनलाइन १९ मंसिर २०७८, आईतवार ०७:५९

एजेन्सी ।इन्डोनेसियाको जाभा आइल्याण्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जना मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार पूर्वी जापा प्रान्तको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ।

शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको नेशनल बोर्ड अफ डिजास्टर म्यानेजमेन्ट (बिएनपिबी) ले आइतबार जारी गरेको वक्तव्यमा ९८ जना घाइते भएको उल्लेख छ। ज्वालामुखीबाट निस्किएको तातो लाभा तथा खरानीले स्थानीय गाउँ ढाकिँदा मानवीय क्षति भएको हो।

ज्वालामुखीबाट नजिक रहेको लुमाजङ जिल्लाको गाउँबाट कम्तीमा ३०० परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीले बताएका छन्। उद्धार तथा राहतको काम जारी रहेको बिएनपिबीले जनाएको छ। तर बेपत्ताहरुको यकिन संख्या भने थाहा नभएको बिएनपिबीको वक्तव्यमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवन राष्ट्रिय निकुञ्जबाट राष्ट्रिय बाघ गणना सुरु

१९ मंसिर २०७८, आईतवार ०७:५९
चितवन। वनमन्त्री रामसहाय प्रसाद यादवले चितवनको सौराहामा शनिबार एक कार्यक्रमबीच बाघ गणनाको उद्घाटन गरेका हुन्। उद्घाटनसँगै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट गणकहरुले काम थालेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट वेदकुमार ढकालले जानकारी दिए। पहिलो चरणमा चितवन–पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा गणना हुनेछ। त्यसका लागि करिब […]