बर्दियामा एक सातामा भेटिए दुईवटा पाटे बाघ मृत

कर्णाली अनलाइन १३ चैत्र २०७८, आईतवार ०२:३४

बर्दिया।बर्दियाको मधुवन नगरपालिका-६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा आज एउटा वयस्क पाटे बाघ मृत अवस्थामा फेला परेको छ।जिल्ला वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले पाटे बाघ मृत अवस्थामा भेटिएको जानकारी दिए ।

सूचना अधिकारी शर्माका अनुसार प्रारम्भिक अनुसन्धानबाट पाटे बाघ एक आपसमा जुधेर मरेको हुनसक्ने अनुमान गरिएको छ ।एक साता अघि गत सोमबार मात्र मधुवन नगरपालिका वार्ड नम्बर २ मा रहेको जनजागृति सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको थियो। यो सगै बर्दियाको मधुवन नगरपालिकामा एकै साता दुईवटा पाटेबाघ मृत फेला परेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसले फेरि दियो रासायनिक हतियार प्रयोग गर्ने चेतावनी, यसको अर्थ के होला?

१३ चैत्र २०७८, आईतवार ०२:३४
एजेन्सी।रुसले युक्रेन युद्धमा रासायनिक हतियार प्रयोग गर्न सक्ने सम्भावना दोहो¥याएको छ। युक्रेनको दक्षिण क्षेत्रका प्रमुख सहरमा आफ्ना सैनिकहरु अघि बढ्न नसकिरहेका बेला फेरि रासायनिक हतियार प्रयोग गर्न सकिने चेतावनी दिएको हो। रुसका पूर्वराष्ट्रपति र हाल सुरक्षा परिषद्का उपप्रमुख रहेका डिमित्री मेडभेडेभले ‘शत्रु’ विरुद्ध रासायनिक हतियार प्रयोग गर्न सकिने बताएका छन्। […]