टेम्पो दुर्घटना हुँदा गुर्भाकोटमा एकजनाको मृत्यु, तीनजना घाइते

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार ०७:२९

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदमबहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे पल्टिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्तागठबन्धन दलले सोमबारसम्म महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने

४ बैशाख २०७९, आईतवार ०७:२९
काठमाडौँ ।पाँच दलीय गठबन्धनले सोमबार (भोलि)सम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डाको टुंगो लगाउने निर्णय गरेका छन्।बालुवाटारमा आइतबार बसेको बैठकले स्थानीय तहको चुनावमा तालमेल गर्नेबारे छलफल गर्दै केन्द्रबाट टुंगो लगाउने भनिएको महानगर र उपमहानगरको भावण्डाको सहमति साेमबार सक्ने निर्णय गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकबारे […]