कोरोना अपडेट : देशभरि सक्रिय संक्रमित ३ सय ७५ जना

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार १०:०५

काठमाडौं।पछिल्लो २४ घन्टामा देशभरि १२ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्युको संख्या आज पनि शून्य रहेको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। आज देशभरि ६ हजार ७ सय ५८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'वडाको विकास र समृद्धिको लागी पार्टीले जिम्मेवारी दिए चुनाव जित्छु' -अध्यक्ष गिरी

४ बैशाख २०७९, आईतवार १०:०५
कालिकोट।बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सवै राजनितिक दलहरुले आ-आफना उम्मेदवारहरु छनौट गर्ने रौनक चलिरहेको छ। नेकपा एमाले सान्नि त्रिवेणी गाँउपालिका वडा-१ को विकास र समृद्धिको लागी पार्टीले आफुलाई वडा अध्यक्षको जिम्मेवारी दिए आफुले वडा अध्यक्ष जित्ने नेकपा एमाले सान्नित्रिवेणी गाँउपालिका वडा न-१ का वडा कमिटि अध्यक्ष […]