प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे आयोगले आज प्रधानमन्त्रीसँग परामर्श गर्दै

कर्णाली अनलाइन २१ असार २०७९, मंगलवार १०:२६

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे परामर्श गर्न प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछ।

प्रमुख आयुक्त थपलियासहितको टोलीले आज दिउँसो प्रधानमन्त्री देउवासँग परामर्श गर्न लागेको आयोग स्रोतले जनाएको छ।

आयोगले मंसिर २ वा ५ गतेका लागि निर्वाचनको मिति प्रस्ताव गर्न लागेको जनाइएको छ। आयोगको टोलीले हिजो साँझ प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गरेको थियो।

निर्वाचन आयोगको टोलीको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनको मिति तोक्ने जनाइएको छ।  सरकारले आयोगको प्रस्तावमा निर्वाचनको मिति तोक्ने कानुनी प्रावधान रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा परेकी महिलाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट उद्दार

२१ असार २०७९, मंगलवार १०:२६
सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकामा पहिरोले पुरिएको महिलाको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले पहिरोमा परि अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको पुष्टि गरे । यस्तै, पहिरोमा परि घाइते भएकी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट […]

सम्बन्धित शीर्षक